पत्रकारको चुनाव : बागलुङमा मत गणना सुरु

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघको निर्वाचन बुधबार देशभर सम्पन्न भएको छ । बागलुङमा पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

जिल्लामा सर्वसम्मत रुपमा मंगलबार जिल्लाकार्य समिति टुङ्याइएको थियो भने बुधबार प्रदेश र केन्द्र संघको निर्वाचन भएको छ । मतदान सम्पन्न भए लगत्तै मत गणना सुरू भएकाे छ ।

निर्वाचनमा १४२ जनाले पत्रकारले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । जिल्लामा १६३ जना मतदाता रहे पनि १४२ जनाले मात्र आफ्नो मत अधिकार प्रयोग गरेका छन् ।

पत्रकार महासंघको भवनमा भएको मतदान सकिएपछि मत गणना सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *