उत्पादनमा आधारित अनुदान वितरण : कृषक खुसी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–८ सिगानाका श्याम बहादुर जिसीले राँगो पाल्न थाल्नुभएको १० वर्ष पुग्यो । १० वर्ष अघि सात हजारमा राँगो किनेर पाल्न थाल्नु भएको जिसीले हालै ८० हजारको राँगो पालनुभएको छ । उहाँले उक्त राँगोको ५० प्रतिशत अनुदान स्वरुप बागलुङ नगरपालिकाबाट हाले ४० हजार बुझ्नुभयो । राँगोको मुल्य बढेर केही समस्या परेको जिसीलाई नगरपालिका मार्फत वितरण गरेको अनुदानले राहत मात्रै हैन थप समय राँगो पाल्न शाहस थपिदिएको छ ।

उहाँ शारिरिक रुपमा अपाङ्गता भएपनि राँगो पालेर परिवार पाल्दै आउनुभएको र नगरपालिकाले उत्पादनका आधारमा भैसीको नश्ल सुधार अभियान अन्र्तगत राँगोमा अनुदान दिएपछि खुसी भएको बताउनुभयो । “राँगोको भाउ बढ्दै गएको छ, मैले राँगो पाल्न थालेको १० वर्ष पुग्यो” जिसीले भन्नुभयो “अहिले बागलुङ नगरपालिकबाट ४० हजार अनुदान पाए, अनुदान पाउँदा निकै खुसी भएको छु ।” जिसी जस्तै राँगो तथा बोयर बाख्रा पालनका लागि ९ जनालाई नगरपालिकाले ३ लाख अनुदान दिएको छ ।

उत्पादनका आधारमा किसानलाई अनुदान दिदा बढी प्रभावकारी र अनुदानको कार्यान्वयन भएको पाइएको कारण यस वर्ष बागलुङ नगरपालिकाकाले नगर भित्रका किसानलाई ८४ लाख अनुदान वितरण गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिकाले नगर भित्रका कृषकहरुलाई ४८ लाख बराबरको अनुदान तथा उपकरण वितरण गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा स्विकार्नु विभिन्न कार्यक्रम मा परेका निवेदन अनुसार अनुदान र उपकरण वितरण गरिएको हो । विभिन्न ७ कार्यक्रम बनाएर कृषकबाट परेका निवेदनहरु को मुल्यांकन गरि कृषकहरुकै हातहातमा अनुदान रकम तथा उपकरण हरु वितरण गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा लागत साझेदारीमा भैसी प्रर्बद्धन कार्यक्रम अन्तरगर्त ५८ जना कृषकहरुलाइ १७ लाख अनुदान वितरण गरिएको छ ।

संघीय सरकारकै ससर्त अनुदानमा साना व्यवसायीक बख्रा पकेट कार्यक्रमबाट १ सय जना कृषकलाई १५ लाख अनुदान रकम वितरण गरिएको छ । नगरको कार्यक्रम अनुसार प्रजननको लागि राँगा तथा बोका वितरण कार्यक्रम अनुसार ९ जना कृषकलाइ ३ लाख बराबरको रांगा तथा बोयर जातको बोका बितरण गरिएको नगरपालिकाका सुचना अधिकारी युक्तप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

त्यसैगरी व्यवसायीक पशुपन्छि अनुदान कार्यक्रममा २० कृषकलाई ६ लाख अनुदान दिइएको छ । उर्जा अनुदान कार्यक्रममा २० कृषकलाइ २ लाख बराबरको अनुदान वितरण भएको छ ।

त्यसैगरी प्लास्टिक पोखरी तथा माछाको भुरा वितरण कार्यक्रममा २० कृषकलाइ २ लाख र साना व्यवसायीक दुग्ध उत्पादन सहयोग कार्यक्रममा ९६ जनालाई ३ लाख बराबरको अनुदान तथा उपकरण वितरण गरिएको सुबेदिले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले जम्मा ३ सय २७ जना कृषकलाइ ४८ लाख बराबरको अनुदान तथा उपकरण गरेको हो । उत्पादन मा आधारित अनुदान प्रणालीलाई आत्मसात गर्दै अनुदान तथा उपकरण वितरण गरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले वास्तविक कृषकको मुल्यांकन गरि अनुदान तथा उपकरण वितरण गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । कृषि पेशालाई व्यवासायिक र सम्मानित पेशा बनाउनको लागि कृषकहरुले यान्त्रिकरण र आधुनिकतामामा ध्यान दिनु जरुरी रहेको उहाको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *