निसीखोला–४ मा आगलागी हुँदा दुई घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ
निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहार क्षेत्रीको घर गोठ र नरि क्षेत्रीक्षेत्रीकाे घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।

स्थानीय प्रेमबहादुर क्षेत्रीको घरमा आंशिक क्षति भएको उहाँको भनाई छ । बारीमा आगो लगाउने अनियन्त्रित भई घरसम्म पुगेर आगोलागी भएको स्थानीयको भनाई छ ।

आगलागीमा मानविय क्षति नभए पनि भौतिक क्षति भएको छ । आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आइ सकेको छ ।

आगलागीमा घर गोठ जलेपछि नरबहार क्षेत्री र नरि क्षेत्रीको परिवारको बिचल्ली भएको छ । आगलागीमा भएको क्षतिको विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *