कृषि मन्त्रालय मुख्यमन्त्री आफैँले राखे, कानुन मन्त्रालय बस्नेतलाई

आदर्श अनलाइन, पोखरा

माओवादी मन्त्रीले छोडेको एउटा मन्त्रालयको जिम्मेवारी तत्काललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ आफैँले सम्हाल्ने भएका छन् ।

मुख्यमन्त्री गुरूङले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी लिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

गत बुधबार माओवादीका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीबाट राजीनामा दिएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी रामशरण बस्नेतलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी विकास थापामगरले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतलाई मुख्यमन्त्री गुरूङले हाललाई दुवै मन्त्रालय सम्हाल्ने गरी जिम्मा दिएका हुन् । बस्नेतले शुक्रबार नै पदभार गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *