बागलुङमा भेटियो किङ कोब्रा सर्प

आदर्श अनलाइन, बागलुङ

अत्यन्तै विषालु सर्पका रुपमा रहेको किङ कोब्रा (राजगोमन)बागलुङमा फेला परेको छ । मानव बस्ती भन्दा टाढा र तातो स्थानमा बस्न रुचाउने सर्प किङ कोब्रा बागलुङको एक घरमा फेला परेको छ । शुक्रबार घरमा फेला परेको सर्पलाई डिभिजन वन कार्यालय बागलुङ र ‘सर्प संरक्षण समाज पोखराको टोलीले उद्दार गरी नजिकको जंगलमा छोडिएको छ ।

किङ कोब्रा सर्प बागलुङमा कमै मात्रमा पाइने गर्दछ । बागलुङ नगरपालिका–७ मुलपानीका स्थानीय सुदिप गौतमको घरमा उक्त सर्प भेटिएपछि उद्दार गरीएको डिभिजन वन कार्यालय बागलुङका वन अधिकृत मदन कंडेलले बताउनुभयो ।

वन कार्यालयको संयोजनमा पोखराबाट ‘सर्प संरक्षण समाजका महेन्द्र कतिलाको टोलीले उक्त सर्पको उद्दार गरेको थियो । “बागलुङमा हाल सम्म एक दुई पटक मात्रै किङ कोब्रा सर्प फेला परेको तथ्याङ्क छ” वन अधिकृत कंडेलले भन्नुभयो “बस्ती भन्दा टाढा बस्न रुचाउने भएकाले मानिसको नजरमा नपर्ने उक्त सर्प कुनै कारणबस घरमा पुगेको देखिन्छ ।“

उक्त सर्प १२ फिट लामो र ५ केजी तौलको भएको थियो । किङ कोब्रा सर्पले डसेको आधा घण्टामै मानिसको ज्यान जान सक्ने भएकाले यसलाई अत्यन्तै विषालु सर्पको प्रजातीको रुमा मानिदै आइएको छ । वन अधिकृत कंडेलका अनुसार उक्त किङ कोब्रा सर्पले कहीलेकाँही भने मानिसलाई टोक्दापनि विष नफालेको उदाहरण समेत छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *