ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्दै

डम्मर बुढा मगर, बागलुङ
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ग्रामीण क्षेत्रहरुमा विद्युतको पहुँच पु¥याउन थालेको छ । शनिबार जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर किटेनीमा राष्ट्रिय प्रशारण लाईको पहुँच पु¥याएको छ ।

लामो समयदेखि जल विद्युतबाट विद्युतीय सेवा लिइरहेका स्थानीयले शनिबारदेखि राष्ट्रिय प्रशारण लाइनबाट विद्युत उपभोग गर्न पाएको विद्युत प्राधिकरण बागलुङ वितण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

वडा नम्बर १० किटेनी लगायतका गाउँका ६६ घरमा मिटर बक्स जडान गरि विद्युत संचालन गरिएको गोशलीको भनाई छ । स्थानीयहरुले २१ किलोवाटको लघु जलविद्युत प्रयोग गर्दै आएकोमा त्यसले गाउँलेलाई पर्याप्त पुगेको थिएन ।

गाउँमा लघु जलविद्युत आयोजनाको विद्युत पर्याप्त नभएपछि प्राधिकरणले ५५ केभिएको ट्रन्सफमर राखेर सेवा संचालन गरेको प्रमुख गोशलीले बताउनुभयो ।

योसँगै जैमिनीको छिस्ती, सर्कुवा लगायतका स्थानमा सेवा विस्तार गर्न थालेको विद्युत प्राधिकरण बागलुङले जनाएको छ । अब तत्कालै बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका ढोरपाटन नगरपालिका वडा नम्बर १ देखि ५ सम्म, गलकोट नगरपालिकाको विभिन्न स्थान पनि सेवा विस्तार गर्न प्रमुख गोशलीले बताउनुभयो ।

‘यस वर्ष हामीले जिल्लाका ग्रामीण क्षेत्रहरुमा केन्द्रीय विद्युतको पहुँच पु¥याउने गरि काम अगाडी बढाएका छौँ, जिल्लाका केही स्थानीय पालिकामा पु¥याई सकेका छौँ र केही गाउँहरुमा पु¥याउने तयारीमा छौँ’ प्रमुख गोशलीले भन्नुभयो ‘ढोरपाटन, बडिगाड, ताराखोला, गलकोटका केही ठाउँमा पुगि सकेको छ भने कही गाउँहरुमा पु¥याउनको लागि काम भई रहेको छ, यस वर्षमै पुग्ने छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *