सबै स्थानीय तहमा दमकल

सम्पादकीय
आगो अति आवश्यक र अति खतरानक चिज हो । यसको सही प्रयोजन उपयोगिताले दैनिक मुखमा मार लाउने मात्र होइन, जाडोमा न्यानोको अनूभुति पनि दिलाउछ । तर, आगोको संवेदनशीलतामा थोरै लापरवाही या बेवास्ता गर्न थाल्यौ भने त्यसले हाम्रा घर, रस्ती बस्ती, बन जंगल क्षणभरमै ध्वस्त पनि बनाउँदछ । त्यसैले आगोको प्रयोगमा यथोचित सचेतता जरुरी हुन्छ । हाम्रा गाउँ, घर, शहर बजारमा साना साना गल्ती कमजोरीबाट पनि आगलागीको घटना भएर ठूला मानवीय तथा भौतिक क्षति भएका दर्जनौ घटना र उदाहरण छन् । तर, यस्ता घटनाको कारण तत्काल चर्चा गरिए पनि क्षति न्युनिकरण गर्ने विषयमा तीन तहको सरकार र सरोकारवाला त्यतिधेरै गम्भीर देखिएका छैनन् ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा गत फागुनमा आगलागी हुँदा ५८ घर जल्यो । विद्युत् ‘सर्ट’ भएर सल्किएको आगोले क्षणभरमै बस्ती सखाप ग¥यो । १६ मंसीर २०७५ मा झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा एउटा परिवार नै सखाप हुने गरी आगलागी भयो । १३ पुस २०७५ मा झापाकै मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा आगलागी हुँदा २२ घर जलेर नष्ट भए । नजिकै रहको दमकल पनि समयमा आइनपुग्दा यतिविघ्न क्षति भएको स्थानीयको आरोप छ । ५ असोज २०७४ मा मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरमा आगलागी हुँदा एकै परिवारका चार जनाको घर भित्रै जलेर मृत्यु भयो । यस्ता घटना पछिल्लो तीन वर्षमा ५ हजार स्थानमा भएको तथ्यांक छ । जसमा १ सय ५८ जनाको मृत्यु भएको छ भने ८ अर्बको क्षति भएको छ । ८७१ जना घाइते भएका छन् । २ हजार ५ सय ५ घरमा क्षति पुगेको छ ।

आगो निर्मम हुन्छ । आगोले न बालक, न बृद्ध भन्छ । आगोले कसैलाई चिन्दैन । र क्षणभरमै घर मात्रै होइन, रहर सपनाहरु पनि खरानी बनाइदिन्छ । देशभर भइरहको आगलागीका घटनाको तथ्यांकले कुनै पनि प्रदेश आगलागीको जोखिमबाट मुक्त छैनन् भन्ने प्रष्ट हुन्छ । यसबाट मुलुकले वर्षेनि ठूलो जनधनको क्षति व्यहोरिरहेको छ । तर बिडम्बना भन्नुपर्छ अझै पनि ७ सय ५३ मध्ये ६ सय स्थानीय तह दमकलविहीन छन् । ६ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ र ११ वटा उपमहानगरपालिकासँग दुई वटाको दरले २२ दमकल छन् । त्यही पनि कामकाजी अवस्थामा नरहने, समयमा नआउने लगायतका जटिलतामा छन् । डोजरमा उल्लेख्य लगानी गरेका स्थानीय सरकारले समेत अब आगलागीको सम्भावित जोखिम नियन्त्रणका लागि दमकलको अनिवार्य व्यवस्था र यसका लागि सहज सडक र बस्ती व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *