राष्ट्रिय परिचय पत्रका लागि बागलुङमा २२ सयको विवरण दर्ता

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय परिचय पत्रका लागि बागलुङमा दुई हजार २ सयले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा हाल सम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित काम अघि बढाइएको छ ।

कोरोनाका कारण केही ढिला गरी बागलुङमो राष्ट्रिय परिचयपत्रको दर्ताको काम शुरु भएको थियो । अहिले जिल्ला प्रशासनबाट मात्रै राष्ट्रिय पचिरय पत्र दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडा बाटै राष्ट्रिय परिचयपत्रको काम शुरु हुने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

‘अहिले जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्रको दर्ता शाखाबाट काम शुरु भएको हो, सरकारले देशभर परिचालन गर्न थप ५९ जना कर्मचारी खटाएको छ केही महिनामा वडा स्तरबाटै काम शुरु हुनेछ’ गौतमले भन्नुभयो ‘हाल सम्म प्रशासनमा नागरिता तथा राहदानी बनाउनआउनेले मात्रै परिचय पत्रका लागि आवेदन दर्ता गराएका छन् ।’

धेरै विवरण संकलन गर्नुपर्ने भएकाले प्रशासनबाट एक जनाको विवरण संकलन गर्दा झण्डै ३० मिनेट समय लाग्ने प्रशासकीय अधिकृत गौतमको भनाई रहेको छ । दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना संकलन गर्ने गरिन्छ ।

२०६७ सालको साउनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी काम सुरु गरिए पनि पूर्वाधार निर्माण लगायतमा भएका अवरोधका माझ अघिल्लो वर्षबाट परिचयपत्र बाँड्न थालिएको थियो ।

नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरि त्यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, ब्याङ्किङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् ।

सुरक्षा चिप्स सहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिने बाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पु¥याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिचयपत्र दर्ताका लागि बागलुङको जिल्ला प्रशासनमा दुई जना कर्मचार िखटिइका छन् । राष्ट्रिय परिचय पत्रको बहुआयामिक काम हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *