खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ ।

बुधबार दिउँसो ढोरपाटन नगरपालिका खल्टुबोट स्थित जस्ति खोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्लाको छेउँमा  खुट्टा बाँदेर ढुङ्गाले छोपेर जमिन मुनी गाडीएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयाे ।

शवको पहिचान भएको छैन् । शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *