बुटवल हत्या गरेर शव लुकाउन बागलुङ, सहकर्मीद्वारा हत्या गरेको स्विकार

आदर्श अनलाइन, बागलुङ
बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अर्धवैशे पुरुषको शव फेला पा¥यो ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुँन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडी बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्क विहिन भएका मानिसहरुको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडा भित्रका कागजातले अनुसन्धानमा निकै सहजता ल्यायो ।

वेवारिशे शवका विषयमा सबैतिर जानकारी गराउदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सुचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिदै आयो । बुटवलमा हराएको युवाका आफ्न्त बागलुङ आएपछि बिहिबार अन्नत शवको पहिचान खुल्यो । ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बुटवलमा व्यवसाय गर्दै आउनुभएका बसेल चैत ४ गते रातीबाट सम्र्पक विहिन हुनुभएको थियो । “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ” सूचना अधिकारी हवारीले भन्नुभयो “शवसंगै भएको व्यवसायीक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन नगरपालिका–२ रिनाम घर भएका मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्विकार गरेपनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।”

हवारीका अनुसार वुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसनधान गरिरहेको बताउदै अन्य मानिसहरु समेत शंकाको घेरामा रहेको बताउनुभयो । उहाँले हत्यामा सम्लग्न एक जना फरार रहेको बताउनुभयो । “हत्यामा कुनै पेशवर अपराधी समेत सम्लग्न भएको हुनसक्दछ, वुटवलमा हत्या गरी शव सुरकेशमा राखेर बस चढेर बागलुङ स्थित ढोरपाटन नगरपालिका–२ रिनाम ल्याएर गाडेको अनुसन्धानबाट देखिन्छ” उहाँले भन्नुभयो “हत्या सुनुयोजित भएको हुँदा एक्लैले संभव देखिदैन, अन्यकुरा थप अनुसन्धाबाटै खुल्ला ।”

साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद आएका कारण हत्या गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुली सकेको छ । वुटवलबाट बसको डिक्किमा सुडकेश भित्र शव राखेर ढोरपाटन ल्याउनु भनेको हत्यारा निकै चलाख रहेको भन्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *