आदर्श अनलाइन, काठमाण्डौं
प्रेस चौतारी नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बैठकले सल्लाहकार समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई चयन गरेको छ ।
सल्लाहकार समितिमा प्रेस चौतारी नेपालका संस्थापक नेता, पूर्वअध्यक्ष र पदाधिकारीसहित बरिष्ठ पत्रकारहरु समावेश गरिएको छ । बागलुङबाट रामबहादुर जिसी सहित समितिमा गोपाल थपलिया, विजय चालिसे, शम्भु श्रेष्ठ, गगन विष्ट, डा. बालकृष्ण चापागाईंं, प्रमोद दाहाल, श्रीधर आचार्य, श्रीओम श्रेष्ठ रोदन, गोपाल बुढाथोकी, चन्द्र न्यौपाने, माधव शर्मा, तीर्थ कोइराला, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, रघु मैनाली, गोविन्द पोखरेल, दीपक पाण्डे, दुर्गाप्रसाद शर्मा र निर्मला शर्मा हुनुहुन्छ ।
यसैगरी यज्ञ शर्मा, बद्रीविनोद प्रतीक, मेघराज शर्मा, यशोदा तिमल्सिना, हरि जोशी, विश्वबन्धु भण्डारी, पुण्य पौडेल, देवराज रिमाल, डीआर घिमिरे, शरद अधिकारी, मोहन चापागाईं, डिल्ली बिसी, शिव डोटेल, उपेन्द्र केसी, महेश दास, गोपाल खनाल, दुर्गा भण्डारी, शान्ति गुरुङ, कुशलबाबु बस्नेत, सूर्यमणि गौतम, अक्षरी पोखरेल, सुरेन्द्र काफ्ले, मुकेश पोखरेल, कृष्ण अधिकारी, माधव विद्रोही र मनोहर पोखरेललाई केन्द्रीय सल्लाहकार चयन गरिएको चौतारीका कार्यबहाक महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।