चैतेदशै मेला नहुँने, स्वास्थ्य सुरक्षामा कडाई गर्न प्रशासनको आग्रह


आदर्श अनलाइन, बागलुङ
कोरोनाका कारण परम्पराकालदेखि चल्दै आएको चैत्राष्टमी मेला नहुँने भएको छ । बागलुङ कालिका मन्दिरमा चैते दशैको अवसमा हुँने चैत्राष्टमी मेला यसपटक पनी नहुँने भएको हो । कोरोनाका कारण गत वर्ष समेत मेला रोकिएको थियो । एक महिना अघिसम्म कोरानादर घट्दै गएको सन्र्दभमा यपटक मेला हुने भनिएपनि पछिल्लो समय कोरोना दर ह्वात्तै बढ्न थालेपछि आज बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जनहितमा जारी सूचना निकाल्दै कोरोनाबाट साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।

१३ बुँदामा जारी सूचनामा स्वास्थ्य मापदण्ड कडाईका साथ पलना गराउने, मेरो स्वास्थ्य मेरो जिम्मेवारीलाई पालना गराउने, चैतेदशै मेला नगर्ने र पर्यटकीय क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ । चैत्राष्टमीको सन्र्दभमा कालिका मन्दिर, पञ्चकोट, राम मन्दिर, बाङ्गेचौरको पुल लगायतका पर्यटकीय स्थलहरु, पुजा आजा, जात्रा, सभा, सम्मेलन, वैठक, पार्टी प्यालेस, सिनेमा घर लगायतमा कडाइका सथा जनस्वास्थ्यका मापदण्डकहरुपालना गरेर मात्रै सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै विदेशबाट आएकाहरु अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने, सक्रमित भई होम आइसोलेसनमा बस्दा मापदण्डको पालना गर्ने, धौलागिरी अस्पताल, स्वास्थ्य कार्यालय र स्थानीय तहले पीसीआर परिक्षणको दायरा बढाउने, माक्सको प्रयोग नगर्नेलाई संक्रमण ऐन अनुसार कारवाही गरिने, अस्पतालले अनिवार्य रुपमा ज्वरो क्लिनिक राख्नु पर्ने, होटलमा आउने पाुहँनाको विवरण राख्नुपर्ने, राती ९ बजेपछि होटल तथा रेष्टुराँ खोल्न नपाईने, कोरोनाका लागि शैया तयारी अवस्थामा राख्ने, यातयातका साधनमा माक्स र स्यानिटाइजरको प्रयोग गर्न व्यवसायीलाई आग्रह लगायतका निर्णय गरिएको प्रजिअ शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै विद्यालयमा स्वास्थ्य सुरक्षापालना गरी सञ्चालन गर्ने र विद्यार्थीलाई लक्षण देखिए वा कोरोना भएमा स्थानीय तहले प्राथमिकताका आधारमा विद्यालय बन्द समेत गर्न सक्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *