प्रगतिशील पत्रकार संघले गर्यो महासंघमा निर्वाचित पत्रकारलाई सम्मान

आदर्श अनलाइन, बागलुङ
प्रगतिशील पत्रकार संघ बागलुङले नेपाल पत्रकार महासंघमा जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अम्मर थापाले मुलुक परिवर्तनका लागि पत्रकारको महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अध्यक्ष थापाले मुलुकमा हुने रहेक गतिबिधिलाई जनता सामु पु¥याउन पत्रकारले निकै मेहनत गर्ने गरेको र बाधा व्यबधान मोल्नु परेको भन्दै पत्रकारीता क्षेत्र जोखिमपूर्ण भएको बताउनुभयो ।

उहाँले यो क्षेत्र जोहोकोहीले गर्न नसक्ने भन्दै पत्रकारीता गर्न हिम्मत र साहस गर्नु पर्ने बताउनुभयो । पत्रकार जहिले पनि स्वतन्त्रता र लोकतन्त्रको पक्षमा हुनु पर्नेमा थापाले जोड दिनुभयो ।

पत्रकारले दुरदराजका समस्या सरकार समक्ष पु¥याउने र सरकार नीति नियम र विकासका कुरा जनता माझ पु¥याउँदै आएको भन्दै विधि विधान विपरित गर्नेलाई खबरदारी समेत गर्दै आएको बताउनु भयो ।

अबको पत्रकारीता अझ सशक्त र प्रभावकारी बन्नु पर्ने भन्दै अध्यक्ष थापाले बजार केन्द्रीत नभई दुरदराजमा पुगेर त्यहाँको गतिविधिलाई बाहिर ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश पारिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई फूलमाला र अबिर लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेल, पूर्व अध्यक्ष हरिनारायण गौतम, प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमकान्ता शर्मा, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्य, प्रेस चौतारीका अध्यक्ष तारानाथ आचार्य, प्रेस संघठन नेपालका सरिता खत्री लगायतले बोलेका थिए ।

कार्यक्रम प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष रामनारायण सुवेदीको अध्यक्षता, उपाध्यक्ष लोकेन्द्र सुनारको स्वागत र सचिव विजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *