पत्रकार महासंघ बागलुङको नव निर्वाचित समितिको पदस्थापन

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नव निर्वाचित कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।

गत चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित नरेश कंडेल नेतृत्वको कार्यसमिति, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यको पदस्थापन गरिएको हो ।

कार्यक्रममा निर्वाचन समितिले सर्वसम्मत कार्य समितिका पदाधिकारी, सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यलाई प्रमाण पत्र बितरण गरेको थियो । त्यस लगत्तै निर्वतमान अध्यक्ष दिल शिरीषले नव निर्वाचित अध्यक्ष नरेश कँडेललाई सपथ खुवाइदै पदभार हस्तान्तरण गर्नुभएको थियो भने अन्य निर्वाचित पदाधीकारी, सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष कँडेलले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा निर्वतमान सचिव राम थापा अविरलले निर्णय पुस्तिका नवनिर्वाचित सचिव विजय रानालाई हस्तान्तरण गर्नुभएको थियो ।

पद्स्थापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य छवि तिवारीले महासंघको निर्वाचनमा बिभाजित भए पनि अब सबै श्रमजीवी पत्रकारको हकहित र महासंघको संस्थागत विकासमा क्रियाशिल र समर्पित हुने बताउनुभयो । राजधानीबाट मोफसल सधैं उपेक्षित भइरहेकोमा आफुले साहस गरेर खूल्ला केन्द्रीय सदस्यमा निर्वाचित समेत हुन सफल भएकाले अब मोफसलका श्रमजीवीको हक अधिकारका लागि आवश्यक पहल र समन्वय गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कँडेलले पत्रकारहरुलाई प्राविधि मैत्री हिसावले रिपोर्टिङ गर्ने बातावरण मिलाउने गरी घर पछिको रहरः सही सूचना, प्रविधिको हात, हरेक पत्रकार एक ल्यापटप साथ अभियान चलाउने उद्घोष गर्नुभयो । उहाँले दश स्थानीय तहका विद्यालयमा पत्रकारिता सम्बन्धी अध्यापनमा सहजीकरण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली कांग्रेसका सचिव नवराज शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष धर्म कुंवर, नेकपा मालेकी मञ्जु क्षेत्री, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, पुर्व अध्यक्ष रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, मुख्य निर्वाचन अधिकृत हिराबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पदस्थापन कार्यक्रम पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता र सचिव राम थापा अविरलको सञ्चालन तथा उपाध्यक्ष उषा पौडेलको स्वागतमा सम्पन्न भएको थियो । पदस्थापन पछिको कार्यक्रम नव निर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षता, सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *