पत्रकार महासंघ बागलुङ शाखाको उद्घोष : एक पत्रकार एक ल्यापटप अभियान


–खेमराज गौतम, बागलुङ
पत्रकारको न्यूनतम ज्याला थोरै हुन्छ । तर प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउदै लगेको छ । पत्रकारलाई क्यामेरा, ल्यपटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु हो ।

तर व्यवसायीक पत्रकारिता गनर्ले समेत सबै प्रविधि युक्त सामाग्री खरिद गर्न सकेको अवस्था हुँदैन । अहिलेको महङ्गा क्यामेरा, ल्यापटप पत्रकारिको तलबले सायद थेग्दैन । तर पत्रकारिता यति प्रविधिमैत्री भइसक्यो की प्रविधिको प्रायोग नगर्दा पत्रकारितामै टिक्न नसक्ने अवस्था आइसेको अवस्था छ ।

अहिले पत्रकार महासंघको निर्वाचन सकिएपछि बागलुङ शाखाको पदभार शनिबार सम्पन्न भएको छ । पदभार ग्रहणपछि बसेको पहिलो बैठकले ‘एक पत्रकार एक ल्याप्टप अभियान’ सञ्चालन गरिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

“हामीले पत्रकारहरुको हकहितका लागि मात्रै हैन, पत्रकारलाई टिकाउन, काम प्रति जागरुक ल्याउन प्रविधिको प्रयोग गर्न आवश्यक देखियो” कंडेलले भन्नुभयो “सबैलाई ल्याप्टप क्यामेरा खरिद गर्न समेत कठिन अवस्था छ, त्यसैले एक पत्रकार एक ल्यापटप अभियन सञ्चालन शुरु गरेका छौं, केही साथीहरुले सहयोगको प्रतिबद्धता समेत जनाइसक्नुभएको छ ।” कंडेलले ल्याप्पटको मात्रै हैन पत्रकारलाई क्यामेरा सहित फिड्मा समाचार संकलनका लागि समेत सहयोग गर्ने योजना बनाएको जानकारी दिनुभयो । पत्रकार महासंघले निर्वातमान अध्यक्ष दिल शिरिषको नेतृत्वमा एक करोड भन्दा बढी खर्चेर आफ्नै सुविधा सम्पन्न भवन बनाइसकेको छ ।

कार्यालय नभएका र कार्यालयमा पुग्न नसक्ने पत्रकारलाई पत्रकार महासंघबाट समाचार लेखान, सम्पादन गर्ने व्यवस्थाका लागि आधुनिक सूचना केन्द्र समेत महासंघमा स्थापना भइसकेको छ ।
अबको समयमा घरबाटै, फिल्डबाटै समाचार लख्नुपर्ने अवस्थामा प्रत्येक पत्रकारको हात–हातमा ल्याप्टप हुँन आवश्यक पर्ने भएकाले यसलाई महासंघ बागलुङ शाखाले पहिलो प्राथमिकताको रुपमा राखेको छ । पत्रकार महासंघ बागलुङले सुविधा सम्पन्न भवन बनाइसकेकाले अब घर पछिको रहर : सहि सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ अभियानको घोषणा गरिएको हो ।

पत्रकार महासंले धेरै भन्दा धेरै पत्रकार उत्पादन गर्नका लागि विद्यालयमै कक्षा ९ र १० मा पत्रकारिता विषय नभए अतिरिक्त कक्षा सञ्चालनमा लागि समेत पहल गर्दै लैजाने महासंघका सचिव विजय रानाले जानकारी दिनुभयो ।

पदस्थापन कार्यक्रममा महासंघका सधारण सदस्य तथा अधिवक्ता राम शर्माले आफ्ना माता पिता हेम कुमारी शर्मा र चन्द्रदत्त शर्माको स्मृतिमा २ लाख ५० हजार बरावरको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न चेक हस्तान्त्रण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *