बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बलेवा नारायणस्थान स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । यस विध्ालयमा अाइतबार र सोमबार नियमित कक्षा सञ्चालन भएको थियो । संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छैन ।

संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् । कोरोना सङ्क्रमण तिब्र बने पछि बागलुङ देशभरमै कोरोनाबाट अति प्रभावित हुने १४ जिल्लाको सूचिमा छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय पाँच पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *