बलेवा क्षेत्रमा वैशाख १७ गते सम्म निषेधाज्ञा जारी



–आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि सर्तकता अपनाउन थालिएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि बलेवा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

बलेवामा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाको बलेवाको वडा नं. १२, १३, १४ मा वैशाख १७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिका–१४ को जनताधन माध्यामिक विद्यालयका १९ जना विद्यार्थी र २ जना शिक्षक सहित सोही वडाका अन्य १८ जनामा कोरोना संक्रमण पुष्टी भएपछि आएपछि सर्तकता अपनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *