चौतर्फी बिरोध पछि नगरपालिकाले हटायो झोलुङ्गे पुल प्रवेश शुल्क

–आदर्श अनलाइन, बागलुङ

संघीय सरकारको सहयोगमा हालै निर्माण सम्पन्न पश्चात सञ्चालनमा आएको बागलुङ पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे ५६७ मिटर लामो पुल प्रवेश शुल्क २० रुपैयाँ उठाउने निर्णयबाट चौतर्फी बिरोध पछि नगरपालिका पछि हटेको छ ।

उक्त पुल विश्वकै लामो दावी गरिदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भन्दै मंगलबारदेखि प्रति व्यक्ति २० रुपैयाँ शुल्क संकलन शुरु गरेको भए पनि चर्को विरोध भएपछि नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै अर्को निर्णय नभए सम्मका लागि पुल तरेको शुल्क नलाग्ने जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार नगरपालिकाले मंगलबारदेखि पुल तरेको प्रति ब्यक्ति रू. २० रूपैया कर लिने निर्णय फिर्ता गरिएको छ ।

चैते दशैंका दिन कालिका मन्दिरमा भिड भएको र सोही अवसर पारेर नगरपालिकाले पुल तरेको २० रुपैयाँ लिन थालेको थियो । दुई नगरपालिकाका स्थानीय नागरिकका हकमा भने यो लागु नहुने बताइएको थियो । तर, पुल तर्न समेत पैसा लिन थालिएको प्रति सामाजिक सञ्जालमा तिव्र आलोचना भएको थियो । विद्यार्थी संगठनहरुले बिज्ञप्ती प्रकाशित गरि निर्णय सच्याउन माग समेत गरेका थिए भने रुद्रेपिपलका युवाहरुले भोलीपल्टै पुल परिसरमै पुगेर निर्णय सच्याउन माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *