एमाले बागलुङको इन्चार्जमा मना केसी

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार काठमाडौंमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको वैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफांड गरेको छ ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको वैठकले नेकपा एमालेका बागलुङ जिल्लाको इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद मन कुमारी के.सी. जिसीलाई चयन गरेको छ । जिसी विघटित नेकपाको जिल्ला सहइन्चार्ज र पार्टी एकीकरण पूर्व पनि जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।

एमालेको पर्वत जिल्ला इन्चार्जमा पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष जगत विश्वकर्मा, मुस्ताङ जिल्ला इन्चार्जमा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द बहादुर नेपाली र म्याग्दी जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य भूपेन्द्र बहादुर थापाले पाउनु भएको छ ।

यस्तै कास्की जिल्ला इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, स्याङ्जा जिल्ला इन्चार्जमा जिल्ला केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले जिम्मेवारी पाउनु भएको एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द बहादुर नेपालीले जानकारी दिनुभएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य केन्द्रीय सदस्यहरु मध्ये तिलक महतले नवलपुर जिल्ला इन्चार्ज, मायानाथ अधिकारीले लम्जुङ जिल्ला इन्चार्ज, रामशरण बस्नेतले गोर्खा र मनाङ जिल्ला इन्चार्ज, एक बहादुर रानाले तनहुँ जिल्ला इन्चार्ज तथा भीम कार्कीले पोखरा महानगरपालिकाको इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *