बागलुङका कोरोना संक्रमितलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो


–आदर्श अनलाइन, बागलुङ

कोराना संक्रमित भई भेन्टिलेटरमा उपचाररत बागलुङका एक पुरुषलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

धौलागिरी अस्पताल बागलुङमा कोरोना संक्रमित भई १७ दिन देखि भेन्टिलेटरमा उपचाररत बागलुङ नगरपालिका निवासी ७१ वर्षिय पुरुषलाई थप उपचारका लागि काठमाण्डौको ग्रिनसिटि अस्पताल पठाइएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरी टेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

‘हामीले धेरै प्रयास ग¥यौ, उहाँको स्वास्थ्य अवस्था स्थिर नै छ, तर भेन्टिलेटरबाट बाहिर ल्याउन समस्या भएपछि काठमाण्डौं पठाएका हौं’ डा. पोखरेलले भन्नुभयो ‘अहिले अस्पतालमा कोरोना संक्रमित तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।’ एर डाइनेष्टिक हेलिकप्टरमार्फत सक्रमितलाई धौलागिरी अस्पतालबाट काठमाण्डौं पठाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *