भूकम्पले क्षतिग्रस्त बागलुङका १७९ विद्यालय भवन ठडिए

आदर्श अनलाइन, बागलुङ

नेपालमा महाभूकम्प गएको छ वर्ष पुगेको छ । बागलुङमा भुकम्पले भत्काएका १ सय ७९ विद्यालय भवन ठडिएका छन् । बागलुङ जिल्लामा हाल सम्म १ सय ७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ ।

भूकम्प गएको छ वर्ष वितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालिएको छ । २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालय भवनहरु ठडिएका छन् । बागलुङ जिल्लामा भूकम्पले भत्काएका करिब सबै विद्यालय पुननिर्माण सम्पन्न हुन थालेको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

बागलुङमा विद्यालय पुननिर्माण गर्नका लागि स्थापना भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले विद्यालय पुनर्निर्माणमा तद ारुकता दिएपछि विद्यालय भवनहरु ठडिएका हुन् ।

बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आर्थिक वर्ष २०७३/०७४ मा १४ विद्यालय, २०७४/०७५ मा १४ विद्यालय, २०७५/०७६ पहिलो चरणमा ४० विद्यालय, दोस्रो चरणमा ३८ विद्यालय, २०७६/०७७ को पहिलो चरणमा ८, दोस्रो चरणमा ६५ विद्यालय पुनर्निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का पूमुख मतिलाल चपाईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगती ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको चपाईको भनाई छ ।

‘अन्तिम चरणका केही भवनहरु हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमताका हिसावले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १ सय ७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’ चपाईले भन्नुभयो ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा समेत भवन निर्माणले गति लिएपछि भौतिक प्रगती सन्तोषजक देखिएको छ ।

यसैगरी प्राधिकरणले आर्थिक वर्ष २०७५/७५ को दोस्रो चरणमा २५ शौचालय, २०७६/०७७ को पहिलो चरणमा ८ शौचालय र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको र यसको भौतिक प्रगती ८० प्रतिशत भइसकेको छ । बागलुङमा निर्माण भएका १७९ विद्यालय मा ८२ वटा चार कोठे, २९ वटा तीन कोठे र ६८ वटा दुई कोठे विद्यालय निर्माण गरिएको हो ।

भुकम्पले क्षती पु¥याएका २१५ विद्यालय मध्येबाट दुर्गमता, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।

प्राधिकरण शिक्षाका इन्जिनियर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रु.७० लाख ४० हजार, ३ कोठे भवन निर्माणका लागि रु.३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रु.२३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु. १५ लाख र खानेपानी आयोजनाका लागि ७ लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेट तलमाथी पर्न सक्ने इकाईले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *