बागलुङमा खोप लगाएका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी


–आदर्श अनलाइन, बागलुङ
कोरोना विरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाईनै कोरोना संक्रमण पुष्टी भएको छ ।

मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’ घिमिरेले भन्नुभयो ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।’
१४ जना पीसीआर र एक जना एन्टिजिन परिक्षणमा गरी १५ मंगलबार कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबारको संक्रमित संख्या संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *