आदर्श अनलाइन,बागलुङ
कोरोना भाइरस (कोभिड १९) का कारण जिल्लाका एक महिलाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका ११ रायडाँडाकी ६१ वर्षिया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक महिलामा गत बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ भने बागलुङ जिल्लामा १२ पुगेको छ ।
बागलुङ जिल्लामा तिव्रतर गतिमा कोरोना संक्रमण फैलिएको भन्दै नेपाल सरकारले अति प्रभावित जिल्लाको सूचिमा राखेको छ । केही दिन अघि एक सय बढी संक्रमित रहेको यस जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित छन् । मंगलबार मात्रै कोरोना विरुद्ध खोप लगाएका धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गए पछि बागलुङ नगरपालिकाका वडा नम्बर १२,१३ र १४ मा निषेधाज्ञा जारी गरिएको छ भने सबैजसो स्थानीय तहले शैक्षिक संस्था बन्द सहित कडाई गर्न थालेका छन् ।