बागलुङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २१ र ढोरपाटन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बागलुङ नगरपालिका वडा नम्बर १ का २४, ५९, २६ र ६३ वर्षीया महिला, २५, ६५, १६ र २० वर्षीय पुरुष, वडा नम्बर २ का ५९ वर्षीया महिला र ३५ वर्षीय पुरुष त्यस्तै वडा नम्बर ३ का ३१ वर्षीय पुरुष, वडा नम्बर ४ का २१, ३० र ४५ वर्षीय पुरुष, वडा नम्बर ७ का २९ वर्षीय पुरुष, वडा नम्बर ९ का ४७ वर्षीया महिला, ३१ र ४६ वर्षीय पुरुष वडा नम्बर १० का २४ र २५ वर्षीय पुरुष, वडा नम्बर १२ की १८ वर्षीया महिलामा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुष र वडा नम्बर ९ का ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *