अब बागलुङबाटै कोरोना परीक्षण

डम्मर बुढा मगर, बागलुङ
मन्त्री परिषद्बबाट निर्णय भएको दश महिनापछि बागलुङको धौलागिरी अस्पताल बागलुङमा पिसिआर परीक्षण सुरु भएको छ । गत हप्ता मात्रै अस्पतालमा मेसिन जडान भएको थियो । हप्ता दिन अगाडी मेसिन जडानको काम सकिए पनि स्वाब परीक्षण गर्न सुरु भएको थिएन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा रोकिएको स्वाब परीक्षण शुक्रबारदेखि सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १५ गते मात्रै अस्पताललाई कोरोना परीक्षणको लागि अनुमति दिएको र शुक्रबारदेखि परीक्षण सुरु गरेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।

‘हामी एक हप्ता अगाडी नै मेसिन जडानको काम सकेका थियौँ, जडान गरेर मात्रै अस्पतालले परीक्षण गर्न पाउँदो रैन छ, परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिनु पर्दो रैछ,’ शर्माले भन्नुभयो ‘त्यसले गर्दा १५ गते अनुमति पत्र पठाएको थियो र हामीलाई १६ गते मात्रै पत्र प्राप्त भयो, त्यस लगत्तै परीक्षण गर्न सुरु गरेका छौँ ।’

अस्पतालमा जडान गरिएको यो प्रयोगशालामा एकै पटकमा ७० जनाको स्वाब परीक्षण गर्न सकिने छ । शुक्रबार पहिलो चरणमा ३६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

ढिलै भए पनि बागलुङमै स्वाब परीक्षण गरान पाउने भएपछि बागलुङवासीहरु खुसी भएका छन् । अलिहेसम्म बागलुङमा स्वाब संकलन गरि पोखरा पठाउँदै आइएको थियो । शनिबारबाट बागलुङमै परीक्षण हुने भएको छ ।

बागलुङसहित धौलागिरीका चार जिल्ला मुस्ताङ, म्याग्दी र पर्वतका नागरिकहरुको पनि कस्वाब परीक्षण बागलुङमै हुने छ । जिल्लाबाट पोखरा स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट आउन तीन/चार दिन लाग्ने गरेको थियो । यस अवधीमा संक्रमित भएका व्यक्तिबाट अरुमा सर्ने जोखिम बढेको थियो ।

अब बागलुङमा परीक्षण गर्नेले सात घण्टामै कोरोनाको रिपोर्ट प्राप्त गर्न सक्ने छन् भने कोरोना संक्रमणको जोखिम पनि कम हुने छ । पछिल्लो केही दिनदेखि बागलुङमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । संक्रमण बढ्न थालेपछि स्थानीय तहहरुले बसै विद्यालय बन्द गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *