बरेङमा मोटरसाईकल दुर्घाटना : घाइतेको हवाई उद्दार


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाकोे बरेङ गाउँपालिका–१ आज दिउँसो मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भिर घाईते हुनुभएको छ ।

धुल्लुबास्कोट देखि बरेङ आउने क्रममा बरेङ गाउँपालिका–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सर्वोदय माध्यामिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

घाइते पौडेलको बायाँ हातको बुडि औँला काटिएको र शरिरको भित्रिभागमा चोटलागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो ।

उहाँलाई थप उपचारको लागि प्रभु एयरको हेलिकप्टर मार्फत काठमाण्डौको बीएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *