२१ गतेदेखि बागलुङ नगरमा निषेधाज्ञा

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमण बढ्दै गएपछि बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ । नगरपालिकामा २१ गते बिहानदेखि जारी हुने गरि १० दिनका लागि निषेधाज्ञा हुने बागलुङ नगरपालिकाका मेयर जनराज पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो केही दिन यता बागलुङ नगरपालिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । नेपाल सरकारले बागलुङसहित १८ जिल्लालाई कोरोनाको प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

निषेधाज्ञाको अवधीमा खाद्य सामग्री, एमबुलेन्स, दमकल, दुध, गेडागुडीजन्य उत्पादन, माछा मासु, बीउ भिजन, प्रेस पास वाहक तथा स्वास्थ्यकर्मीले प्रयोग गरेका सवारी सधान तथा निर्माण सामग्री बोकेका साधानहरु बाहेक अरु पूर्ण रुपमा बन्द हुने बताइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । बागलुङ नगरपालिकामा ७७ जना सक्रिय संक्रमित छन् । संक्रमण दिनदिनै बढि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *