बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

आदर्श अनलाइन, बागलुङ
नेपालमा दोस्रो लहरको कोरोना सक्रमणको दर बढ्दै गएको सन्र्दभमा फ्रन्टलाइनमा खटिने पत्रकारहरु समेत उच्च जोखिममा रहेका छन् । फ्रन्टलाईनमा खटिने पत्रकारहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्षको निर्माण गरेको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० वेडको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।
उहाँले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम छ धेरै भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा १० वेडको आइसोलेसन कक्ष तयार गरिएको बताउनुभयो ।

“पत्रकार फ्रन्टलाइनमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा बेड नपाइन सक्दछ त्यसैले पत्रकारहरुका लागि महासंघलेनै आइसोलेसन कक्ष बनाएको छ” अध्यक्ष कँडेलले भन्नुभयो “जिल्लामा हाल सम्म पाँच जना अग्रभागमा खटिने पत्रकारहरुलाई कोरोना संक्रमण भई निको भइसकेको अवस्था हो, पत्रकारलाई कोरोना संक्रमणको दर अनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा बेड विस्तार गर्दैजानेछौं ।”

नवनिनिर्मात भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवस्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनैपनि पत्रकार संक्रमित नभएपनि कोरोनाको बढ्दो संक्रमणले जस्तोसुकै अवस्था समेत आउन सक्ने भन्दै पूर्व तयारी थालिएको महासंघले जनाएको छ ।

आइसोलेसनलाई अक्सिजन सहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरी अस्पतालले सहयोग गर्ने धौलागिरी अस्पतालमा प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बीक पोखरेलले बताउनुभयो ।
उहाँले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकोमा खुसी व्यक्त गर्दै संक्रमणको दर बढ्दै गएमा अस्पतालमा वेड अभाव हुँन भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताउनुभयो । उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।

आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामाग्री ब्रर्दश सर्जिकल एण्ड डाइगेष्किट प्राइभेट लिमिटेड बागलुङका सञ्चालक रहनुभएका निलकण्ड शर्माले पत्रकार महासंघलाई पाँच लिटर स्यानीटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, माक्स २५० थान, ५ लिटर स्यानीटाइजर, पल्स अक्सोमिटर, डिजिटल रक्तचाप परिक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गर्नुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *