प्रेस स्वतन्त्रता दिवस: एक पत्रकार,एक ल्यापटप अभियान शुरु

आदर्श अनलाइन, बागलुङ

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघ बागलुङ शाखाले अघि सारेको ‘एक पत्रकार, एक ल्यापटप’ अभियान शुभारम्भ गरिएको छ ।

पत्रकार महसांघको नयाँ नेतृत्वले अघि सारेको एक पत्रकार एक ल्यापटप अभियान विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुरु गरिएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

पत्रकार महासंघको भवनमा पत्रकार सम्मेलन गरी अभियानको शाखा अध्यक्ष नरेश कँडेलले शुभारम्भ गर्नुभएको थियो । अभियानमा हाल सम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको बताउदै थप २० जनाले ल्याप्टप खरिदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष कँडेलले बताउनुभयो ।

“नयाँ नेतृत्वले ल्याएको एक पत्रकार एक अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभारम्भ गरी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना दिवसको अवसरमा असार २५ गते पत्रकारलाई ल्यापटप प्रदान गरिनेछ” अध्यक्ष कँडेलले भन्नुभयो “ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशिलताका आधारमा ल्यापटप प्रदान गरिन्छ ।” अभियान तीन वर्ष सम्म चलाईने महासंघ बागलुङ शाखाले जनाएको छ भने अभियानको कुल खर्च रु. ७० लाख रहेको छ ।

‘घर पछिको रहर ः सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएकै दीन करिब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने अािर्थक संकलन भएको छ । पत्रकार महासंघले यसअघि ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ ।

कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान पूर्वक प्रविधिको प्रयोग गर्दा सहज हुँने भएकाले एक पत्रकार एक ल्यापटप अभियान चलाइएको छ ।

पत्रकारलाई प्रविधिले निकै खर्चिलो बनाउदै लगेका कारण पत्रकार महासंघले पत्रकारहरुलाई प्रविधि मैत्री बनाउने अन्य उपकरण समेत प्रदान गर्ने लक्ष्य राखेको छ । पत्रकारलाई क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु भएपनि कतिपय पत्रकारहरुले आर्थिक अवस्था कमजोर र न्यूनतम पारिश्रमिक नपाउदा खरिद गर्न समस्या हुँनेगरेको छ ।

अभियानको पहिलो दिन पूर्व अध्यक्ष नारायणदत्त कँडेल, पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका संम्पादक हरिनारायण गौतम, पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष नरेश कँडेल, पत्रकार महासंघ धौलागिरी शाखाका पूर्व उपाध्यक्ष दिपक गौतम, पत्रकार महासंघका साधारण सदस्य श्रीधर कँडेलले रु. ५० हजारका दरले रकम सहयोग गरेको पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, राजेशचन्द्र राजभण्डारी, निर्वातमान अध्यक्ष दिल शिरिषले महासंघले चलाएको अभियानमा आफूहरुको साथ, सहयोग तथा सर्मथन रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *