कोरोना संक्रमणबाट ताराखोलाका कार्यपालिका सदस्यको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस (कोभिड १९) का कारण जिल्लाको ताराखोला गाउँपालिकाका एक कार्यपालिकाका सदस्यको मृत्यु भएको छ ।

ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको कोरोना संक्रमण पश्चात उपचारका क्रममा मृत्यु भएको हो ।

भण्डारीलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भए पछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो । ‘रुघाखोकी कोरोना लक्षण देखिए पनि घरमै बसेर औषधी खाइरहनु भएको रहेछ,’ ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि ग¥यौ, तर कठीन भए पछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौ ।’

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोप समेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *