ढोरपाटन नगरमा निषेधाज्ञा गर्न सिफारिस

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिमा निषेधाज्ञा हुने भएको छ । बैशाख २२ गते राति १२ बजेदेखि लागु हुने गरि जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा हुने भएको हो ।

नगर उपप्रमुख करमती पु्नको अध्यक्षता मंगलबार बसेको सर्वदलिय बैठकले निषेधाज्ञा गर्ने निर्णय सहित जिल्ला प्रशासनमा अनुमति पत्र पठाएको छ ।

बुर्तिबाङ उद्योग वाणिज्य संघ, बुर्तिबाङ राईजिङ युवाक्लव, प्रहरी सेवा केन्द्र र स्थानीय व्यवसायीहरुको आग्रह अनुसार नगरपालिकाले निषेधाज्ञाको लागि जिल्ला प्रशासनमा माग गरेको हो ।

कोरोना संक्रमणबाट बच्न, नगरवासीलाई सजग रहने र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ ।

निषेधाज्ञा अवधीमा बजारमा सञ्चालित व्यवसायहरु तथा अन्य कुनै पनि भिडभाड हुने गतिबिधिहरु संचालन नगर्न नगरपालिकाले आग्रह गरेको छ । सरकारी कार्यालय तथा बैंक वित्तिय संघ संस्थाहरुलाई अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न लगाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *