–आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नती भइरहेको छ । ठेक्का म्याद सकिएसंगै उक्त सडक स्तरोन्नतीले तिव्रता पाएको हो ।
बागलुङ नगरपालिका–१ रामरेखा घुम्ती देखि बेनी नगरपालिकाको रत्नेचौर सम्मको ११ किलोमिटर सडक स्तरोन्नती भइरहेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक सडक डिभिजन कार्यालयले यस अघि टालटुल मात्रै गर्दै आएको थियो ।
सडक निकै साँघुरो र खाल्टाखुल्टी रहेको सडकमा सडक विभागले भत्केको मात्रै सडक कालोपत्रै गर्दै जादा दर्घटनाको जोखिम बढेदै गएपछि एसपटक सडक स्तरोन्नती सहित पुरै सडक कालोपत्रे गर्ने गरी कामले तिब्रता पाएको सडक डिभिजन कायाृलय बागलुङका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । उक्त सडकमा नालीको समेत निकै समस्या छ । तर अहिले सडक डिभिजन कार्यालयले केहीभागमा सडक र नाली दुबै र बागलुङ बजार क्षेत्रको रामरेखामा सडकमात्रै स्तरोन्नती भइरहेको छ ।
‘सडक निकै जीर्ण रहेको थियो, लामो समयदेखि नाली समेत भत्किएको छ,त्यस्ले अहिले सडकको स्तरोन्नतीको लागि गत वर्ष बजेट बिनियोजन गरी ठेक्का मार्फत काम भइरहेको छ’ लम्सालले भन्नुभयो ‘म्याग्दी बाट रत्नेचौर सम्मको सडक पहिलेनै स्तरोन्नती भइसकेको थियो, अहिले बागलुङ तर्फको काम चलिरहेको छ ।’
अहिले कुडुँले तर्फ सडक चौडा समेत भइरहेको छ । सडक केही स्थानमा चौडा समेत र केही कटिङ्ग समेत गर्ने स्टमेटमा रहेको छ । अहिले रामरेखामा धमाधम सडक चौडा पार्ने र खाल्टाखुल्टी कालोपत्रेले पुर्ने काम भइरहेको छ । सडक निकै जीर्ण रहेका कारण पहिला कालोपत्रेले मर्मत गरी पछि पुरै ११ किलोमिटर सडक नयाँ कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँले रामरेखामा पहिलाको नाली कमजोर हुँदा कालोपत्रे गर्न समस्या भइरहेको बताउनुभयो । ‘उहाँले पहिलेको नाली अलि तल छ, सडक माथी हुँदा कालोपत्रेको सिधा गर्न नसक्दा समस्या भइरहेको छ’ इन्जिनियर गौतमले भन्नुभयो ‘अर्कोवर्ष नाली निर्माण गर्न समेत टेण्डर गर्ने सडक डिभिजनको आयोजना रहेको छ ।’ उक्त सडक २०७६ माघ १३ गते रु. तीन करोड ३७ लाख ७७ हजारमा फेवा÷बिएमए जेभी संग ठेक्का सम्झौता भएको थियो । २०७७ माघ १३ गते म्याद सकिएको ठेक्काको पुन ठेक्का मिति थप्ने प्रकृयामा रहेको छ ।
म्याद सकिएपछि कामले तिब्रता पाउदा विकास बजेटको पुरानै नियति ेखिएको स्थानीयले आरोप लगाएका छन् । उक्त सडकको केही भागको नाली जीर्ण हुँदा हुँदै सडक कालोपत्रे गर्दा पुन नाली निर्माण गर्दा सडक झनै विग्रिने स्थानीयको भनाई रहेको छ ।
११ किलोमिटर सडक मध्ये बुडुलेको डोडेनीखोला आसपासमा सडकको कटिङ तथा नालीको काम समेत भइरहेको छ । सकड मर्मत तथा चोडा पारेको भागमा कालोपत्रे सकिएपछि पुन चाइनीज प्रविधि मार्फत सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक खण्ड मध्ये दुई किलोमिटर सडक राष्टिय« गौरवको आयोजनाको रुपमा समावेश समेत गरिएको छ । तर स्थानीयले बेनी बागलुङ सडक विस्तार गर्दा मुआव्जा नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । त्यस कारण मध्यपहाडी लोकमार्गले मालढुङ्गा देखि उपल्लाचौर सम्म ठेक्का लगाएर विस्तार गर्न सकेको छैन ।