बागलुङको एक बिबाहमा धेरै जन्ती लगेपछि प्रहरी परिचालन, तीन सवारी नियन्त्रणमा


आदर्श अनलाइन, बागलुङ
सरकारले कोरोना महामारीमा जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको उल्ङ्घन गरी बिबाह गरेको भन्दै प्रहरीले तीन सवारी साधन नियन्त्रणमा लिएको छ ।

सरकारले पछिल्लो चरणमा बिबाहमा पाँच देखि सातजना मात्रै उपस्थिति भएर बिबाह गर्न निर्देशन गरे पनि बागलुङमा त्यसको उल्ङ्घन गरिए पछि बुधबार एक बिबाह समारोहमा प्रहरी परिचालन गरिएको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ खहरेदेखि बागलुङ नगरपालिका–८ सिगानामा जन्ती जादा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाईए पछि प्रहरीले हस्तक्षेप गर्नु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

उहाँले सरकारको आदेश पालना नगरे अन्य बिबाहमा समेत प्रहरी परिचालन गर्ने बताउनुभयो । “बिबाहमा मापदण्ड बिपरीत धेरै सवारी प्रयोग गरी जन्ती गएको खबर आउदासाथ प्रहरी निरिक्षक श्रीराम भट्टको नेतृत्वमा दुलही पक्षको घर सिगानामा प्रहरी पठाइएको थियो” प्रहरी प्रमुख मगरले भन्नुभयो “प्रहरी आएको खबरसंगै जन्तीहरु भागेको र जन्तीले प्रयोग गरेको तीन सवारी साथ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, थप अनुसन्धान गर्देछौं ।”

बिबाहमा केटा पक्षले तीन बस र ६ जीपमा झण्डै २०० जन्ती लगेको प्रहरीको अनुमान छ । प्रहरी पुग्दा दुई बस र एक जीप बाहेकका सवारी साधनहरु समेत अन्यत्रै पठाएको पाइएको छ । थप अनुसन्धानका लागि प्रहरीले दुलाहको बुबालाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ ।

यो पनि पढ्नुहोस्

बागलुङको एक बिबाहमा धेरै जन्ती लगेपछि प्रहरी परिचालन, तीन सवारी नियन्त्रणमा

  1. कोभिड १९ को खतरा को कारणले यस्तो गर्नु परेको भनि सक्नु भएको छ बाग्लुङ जिल्ला प्रहरी प्रमुख ज्यू ले हामी ले सजकता अपनाउनु अति जरुरी छ | कोभिड १९ बाट आफु बच्चौ अरुलाइ पनि बचायौ सामाजिक दुरी लाइ कायम गरौ माक्स प्रयोग गरौ सेनिताइजरको पनि प्रयोग गरौ साबुन पानी ले २० देखि ३० सेकेन्द सम्म मिचिमिचि हात दैनिक सफा गरौ धन्यवाद !!!

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *