कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेले बताउनुभयो । उहाँलाई कोरोनासँगै उच्च रक्तचाप, मधुमेह रोगको समेत समस्या रहेको घिमिरेले बताउनभयो । उहाँलाई २० गते संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *