बागलुङमा एकै दिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङ कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ भने ६२ जनामा संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको बिहिबार विहान साढे पाँच बजे र बडिगाड गाउँपालिका वडा नम्बर ४ का ८७ वर्षीया पुरुषको दिउसो मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का पुरुषलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएका थिए । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

त्यस्तै बडिगाड गाउँपालिका वडा नम्बर ४ का पुरुषलाई १९ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी धौलागिरी अस्पतालमा आएका थिए । उनी दम लगायका रोगले ग्रसित भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *