बागलुङमा थपिए ४७ कोरोना संक्रमित


–आदर्श अनलाइन, बागलुङ

बागलुङमा आज ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालमा परिक्षण गरिएको पिसिआर रिपोर्टका अनुसार ६० वटा नमूना परिक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देब प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोना पुष्टी हुनेमा धौलागिरी अस्पतालले संकलन गरेका जिल्लाका विभिन्न ठेगानाका २२ जना र जिल्लाको बडिगाड गाउँपालिकाका २५ जनामा कोरोना पुष्टी भएको घिमिरेले जानकारी दिनुभयो । यो संगै बागलुङमा संक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *