बडिगाडले बनायो १० बेडको अक्सिनसहितको आइशोलेसन

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकाले १० बेडको अक्सिनसहितको आइशोलेसन तयार गरेको छ ।

गाउँपालिकामा संक्रमितको दर बढ्दै गएपछि १० वेडको अक्सिजनसहितको आइशोलेसन कक्ष निर्माण गरिएको हो । पालिकाले बडिगाड डोजोको कभर्डहलमा आइशोलेसन बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले बताउनुभयो ।

अहिले बडिगाडमा ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्य ३ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ भने अन्य होम आइशोलेसनमा रहेको कँडेलको भनाई छ ।

गाउँपालिकाको वडा नम्बर ४ जलजालमा एकै दिन २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । गाउँमा अन्य धेरै बिरामी परेको बताइएको छ । संक्रमण दर अझै बढ्न सक्ने भन्दै गाउँपालिकाले निषेधाज्ञालाई थप कडाइ गरि रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *