कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टर मार्फत पोखरा पठाइयो


–आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमित भई धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक जना को हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाइएको छ ।

स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा शुक्रबार भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ कुडुलेका ३७ वर्षिय एक पुरुषको प्रभु एयरको हेलिकप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

अहिले धौलागिरी अस्पतालको २५ शैयाको आइसोलेसन वार्ड संक्रमितका कारण भरिएको छ । अक्सिजन सहित उपचार गर्नुपर्ने बिरामी बढ्दै गएपछि कतिपय परिवारले आफ्नै खर्चमा हेलिकप्टर मार्फत पोखरा काठमाण्डौं विरामीलाई उपचारमा लगिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *