आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।
धौलागिरी अस्पताल बागलुङ गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका विभिन्न वडा र तमानखोला गाउँपालिकाका १९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बागलुङ पालिकाका संक्रमित मध्ये ४४ जना वडा नम्बर १३ का रहेको घिमिरेले जानकारी दिनुभयो ।