बागलुङ नगरपालिकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस


–आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले थप १५ दिन निषेधाज्ञा लम्बाउन जिल्ला प्रशासन कार्यालय बागलुङमा सिफारिस गरेको छ ।

नगरपालिकाले नगरभित्र कोरोना संक्रमणको दर उच्च रहेको र परिक्षणको दायरा बढाउदै चेन ब्रेक गर्न थप १५ दिन निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यालयको जिल्ला कोभिड व्यवस्थापन समितिमा सिफारिस गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगर प्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितको बैठकले थप १५ दिन निषेधाज्ञा सिफारिस गरेको हो । बागलुङमा आज मात्रै थप १०० जनामा कोरोना पुष्टीभएको छ । निषेधाज्ञा वैशाख २१ गतेदेखि जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *