ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुर्तिबाङदेखि ढोरपाटन तर्फ जाँदै गरेको ध १ ज ५२८ नम्बरकाे ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर ५ प्याङखोलामा दुर्घटना भएको हो ।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय जोकबहादुर विक मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाई छ । घाइते विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि रहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *