बागलुङमा थप १०२ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक सय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका एक सय दुइ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाका ९५ जना, निसीखोला गाउँपालिकाका ५ जना र बडिगाड गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाका वडा नम्बर २ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का १८ जना, वडा नम्बर ७ का २१ जना, वडा नम्बर ९ का २८ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १४ का १९ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

निसीखोला गाउँपालिका वडा नम्बर २ का १ जना र वडा नम्बर ४ का ३ जना बडिगाड गाउँपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका, धौलागिरी अस्पताल, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले निकालेको १ सय ७६ जनाको स्वाबको पिसिआर परिक्षण गर्दा १ सय २ जनालाई संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *