बागलुङमा एकै दिन तीन संक्रमितको मृत्यु

फाइल तस्बिरः धौलागिरी अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका क्रममा ।

आदर्श अनलाइन, बागलुङ

कोरोना संक्रमणबाट बागलुङमा बिहीबार एकै दिन तीन जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्ती, गल्कोट नगरपालिकाका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । यसअघि विहान सबेरै बागलुङ नगरपालिका–४ बस्ने ७७ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका घर्ती बैशाख १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो । गल्कोटका ५२ वर्षीय पुरुष बैशाख २२ गते अस्पताल ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *