आदर्श अनलाइन, बडिगाड
बडिगाड गाउँपालिकामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ । गाउँपालिकाले शनिबार ४९ जनाको स्वाब संकलन गरि परीक्षण गरेकोमा ३० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा २४ पुरुष र ६ महिला रहेको राजन पाइजाले जानकारी दिनुभयो । वडा नम्बर १ मा ३ जना, वडा नम्बर २ मा ७ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर ६ को १ जना, वडा नम्बर ७ को २ जना, वडा नम्बर ८ को १ वडा नम्बर ९ को ४ जना, ४९ जनाको परीक्षण गरेको मा ३० जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले आइशोलेसन वार्डहरु निर्माण गरि रहेको र कन्ट्रयाक टेसिङलाई तीव्रता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी कँडेलले जानकारी दिनुभयो ।
आज थपिएका अधिकांश कन्ट्रायक टेसिङ मार्फत पहिचान भएको उहाँको भनाई छ । गाउँपालिकाले बिरामी भएकाहरुको स्वाब संकलन गरिरहेको उहाँको भनाई छ ।