आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट ढोरपाटनमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ५ सहीखोलाकी २२ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वास्थ्य केन्द्रमा आएकी महिलाको बैशाख ३० गते स्वाब लिइएको थियो । स्वास्थ्य केन्द्रमा उपचार गर्ने अवस्था नभएपछि पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचाररत युवतीको गय राति मृत्यु भएको हो ।
गुल्मी घरभईकी उहाँ १८ दिन अघि विवाह गरेर सहीखोला आउनुभएको थियो । मृत्युपछि परिवारले गुल्मीको रिडीमा दाहसंस्कार गरिसको छ । भने उहाँ मंगलबार रिपोर्ट पोजेटिभ आएको
परिवारजनको भनाई छ । मृतक महिलामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय स्तरमा सचेत रहन आग्रह गरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताउनुभयो ।
महिलाको मृत्यु भएपछि सहीखोला टोलमारहेका स्थानीयमा त्रासित भएका छन् । स्थानीयको तत्काल स्वाब संकलन गर्न माग गरिएको बताइएको छ ।