बागलुङका दुईसहित गण्डकी प्रदेशमा थप २१ जनाका कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको ।

मृत्यु हुनेमा कास्कीका ७ जना, स्याङजाका ४ जना, नवलपुरपूर्व जिल्लाका ५ जना, बागलुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७३ पुगेको छ ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *