एभरेष्ट बैंक बागलुङ शाखाले दियो धौलागिरी अस्पतालाई १० थान अक्सिजन सिलिन्डर

साधना पन्त, बागलुङ
एभरेष्ट बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अस्पताललाई १० थान अक्सिजन सिलिन्डर बिहिबार हस्तान्तरण गरेको छ । कोरोना महामारीमा मुलुकभर अक्सिजनको अभाव भएको अवस्थामा एभरेष्ट बैंक लिमिटेड बागलुङले सामाजीक उत्तरदायित्व बहन गर्दै २ लाख ७० हजार बराबरको १० वटा सिलिन्डर धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड बागलुङ शाखा प्रबन्धक सुजित ज्ञवालीले कोरोना महामारीमा अक्सिजन अभाव रहेको बेला थोरै राहत पु¥याउने उद्देश्यले बैंकले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले अहिले अस्पतालमा दिन प्रतिदिन संक्रमितहरु बढेको हुँदा अक्सिजनको अभाव हुन सक्ने बताउनुभयो । उहाँले अहिलेको कठिन समयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गरेमा कोरोना महामारीलाई पार लगाउन सकिने भन्दै आम नागरिकलाई सुरक्षित साथ घरमै बस्न समेत आग्रह गर्नुभयो । अहिले अस्पतालमा १ सय ३० सिलिन्डर रहेको रानाले जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *