राष्ट्रिय जनमोर्चाले गर्याे गण्डकी प्रदेश सांसद थापालाई कारवाही

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख)का गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टिले कार्वाही गरेको खुलासा भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले पार्टीको निर्णय विपरित गण्डकी प्रदेश सभामा भूमिका देखाएको भन्दै कारवाही गरेको पार्टि स्रोतले बताएको छ ।

एमालेका तर्फबाट गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोर्चाले हस्ताक्षर गर्ने पार्टिको निर्णय र निर्देशन थियो । अविश्वासको प्रस्तावमा मतदान हुनेबेला अर्का साँसद खीम विक्रम शाही आफू कोभिड संक्रमित भई विरामी भएको भन्दै अस्पताल भर्नापछि, विकसित राजनैतिक घटनाक्रम पछि राष्ट्रिय जनमोर्चाको गण्डकी राजनीति चर्चामा आएको थियो ।

गण्डकी प्रदेशमा संसदीय दलका नेता समेत रहेका साँसद थापाले, पछिल्लो समय आफ्ना तर्फबाट काँग्रेसलाई मुख्यमन्त्री बनाएर जाने विषयमा सहमति नभएको भन्दै पार्टिका नेताहरुसँग समेत फरक मतको अडान लिएपछि, उनले पार्टिको निर्णय र निर्देशन पालना नगरेको भन्दै कार्वाही गरिएको छ ।

थापालाई एक वर्षका लागि पार्टि सदस्यता समेत नरहने गरि हटाइएको छ । अन्य जनवर्गिय संगठनका जिम्मेवारीबाट मुक्त गरिएको छ ।गण्डकीमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *