काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप २१ जनाकाे मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप २१ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत २० जना र १ जना होमआइसोलेसनमा गरी २१ जना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।

मृतकहरु मध्ये २० जनाको पछिल्लो २४ घण्टामा र १ जनाको जेठ ४ गते मृत्यु भएको निर्देशनालयले जनाएकाे छ । मृतकहरु कास्कीका १२ जना, स्याङजाका ६ जना, म्याग्दी जिल्लाका १ जना, पर्वतका १ जना र तनहुँ जिल्लाका १ जना रहेको बताइएकाे छ ।

याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१४ पुगेको छ ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *