नेपालीद्वारा अस्पताललाई पाँच लाख र ३० अक्सिजन सिलिण्डर सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्ला स्थित ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपालीले व्यक्तिगत रुपमा धौलागिरी अस्पताललाई नगद सहित अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

कोरोना महामारीमा नागरिकको जीवन रक्षा आफ्नो प्रमुख दायित्व भएकाले व्यक्तिगत रुपमा रु. पाँच लाख सहित ३० अक्सिजन सिलिण्डर आइतबार अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालमा अत्यावश्यक औषधी तथा स्वास्थ्य सामाग्री खरिदका लागि रु. पाँच लाख र ३० अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको हो । आइतबार नगर प्रमुख नेपालीले धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई नगद तथा सिलिण्डर हस्तान्तरण गनुभएको छ ।

उहाँले अक्सिजनले भरिएका ३० सिलिण्डर करिब ९ लाखको लागतमा खरिद गरेर सहयोग गरेको नेपालीले बताउनुभयो । सहयोग हतान्तरण कार्यक्रममा नगर प्रमुख नेपालीले आफूले व्यक्तिगत रुपमा ६५ थान अक्सिजन सिलिण्डर खरिद गरेकोमा ३० थान धौलागिरी अस्पताललाई र ३० थान आफ्नो नगरपालिकाको केन्द्रमा रहेको बुर्तिवाङ प्राथमकि स्वास्थ्य केन्द्रलाई सहयोग गरेको बताउनुभयो । यस्तै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा भनेर पाँच सिलिण्डर अक्सिजन पोखरामा राखेको बताउनुभयो ।

“नागरिकको जीवन रक्षाका लागि सानो भएपनि सहयोग गरेको छु, ६० थान अक्सिजन सिलिण्डर मध्ये ३० थान धौलागिरी अस्पताललाई प्रदान गरे भने ३० थान बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दिनेछु” नेपालीले भन्नुभयो “सामान्य कोरोनाका विरामी ढोरपाटनमा उपचार गरिनेछ भने जटिल प्रकारका विरामी धौलागिरी अस्पताल पठाइने भएकाले अस्पताललाई नगद सहित अक्सिजन सहयोग गरेको हु ।” धौलागिरी अस्पतालमा नगरप्रमुख नेपालीले प्रदान गरेको ३० थान अक्सिजन सहित १३६ अक्सिजन सिलिण्डर अस्पातको स्वामित्वमा र फिर्ता गर्नेगरी व्यवसायीले प्रदान गरेका ५३ अक्सिजन सिलिण्डर रहेका छन् ।

कोरोना महामारीमा अस्पतालमा अक्सिजन सिलिण्डर कमी भएर नागरिकको उपचारमा समस्या नहोस भन्नका लागि नगर प्रमुख नेपालीले नगद सहित सिलिण्डर सहयोग गर्नु अत्यन्तै सहनीय काम भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । अस्पतालमा केही दिनमै नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने नेपाल सरकारको तयारी समेत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *